Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

    रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ ।

    फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।



    रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।



    च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ । लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार