Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोपा डेल रे : बेन्जिमाको ह्याट्रिकमा रियल फाइनलमा

    कोपा डेल रे : बेन्जिमाको ह्याट्रिकमा रियल फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 582
    SHARES

    काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

    सेमिफाइनलको दोस्रो लेगमा रियलले उत्कृष्ट पुनरागमन गर्दै ४-० गोलको जित हात पारेको हो ।



    बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे । यस्तै रियलको जितमा भिनिसियस जुनियरले एक गोल गरे ।



    क्याम्प नाउमा भएको पहिलो लेगमा बार्साले १-० गोलको अग्रता लिएको थियो। तर घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो। योसँगै रियालले एल क्लासिकोमा हारको शृङ्खलामा पनि पूर्णविराम लगायो ।

    पछिल्ला तीन एल क्लासिकोमा बार्सा विजयी भएको थियो । अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार