Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रोहितको शतकमा वेस्टइन्डिजविरुद्ध नेपाल विजयी

    रोहितको शतकमा वेस्टइन्डिजविरुद्ध नेपाल विजयी

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 516
    SHARES

    काठमाडौं । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’ लाई पराजित गरेको छ ।

    शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।



    रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।



    २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी-२० करिअरको पहिलो शतक थियो । नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिँएको थियो ।

    सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए ।

    गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे । ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।

    ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार