Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न ७ दिने लिखित स्पष्टीकरण

    २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न ७ दिने लिखित स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 264
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

    कार्यसम्पादन चित्तबुझ्दो नभएका २३ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुअघि ७ दिने लिखित स्पष्टीकरण सोधिएकोहो ।



    यसअघि कालोसूचीमा राख्न नपर्ने आधारहरू भए ३० दिनभित्र जवाफ पेश गर्न भनिएपनि कुनै प्रतिक्रिया नआएपछि कार्यालयले कालोसूचीमा राख्ने प्रक्रियाका लागि अन्तिम पटक स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।



    कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको छ ।

    काठमाडौं बुद्धनगरमा रहेको उक्त ठेकेदार कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैंसेपाटी र गजुरी, धाडिङले गरेको सिफारिसका आधारमा चन्द्रसूर्यलाई कालोसूचीमा राख्न स्पष्टिकरण सोधिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार