Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • २६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

    २६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 339
    SHARES

    काठमाडौँ । सरकारले २६ वटा निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको हो ।



    विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो ।



    तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः ७ दिनको म्याद दिइएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिने चेतावनी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार