Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन-७ को च्याम्पियन

    माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन-७ को च्याम्पियन

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ।

    मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो।



    एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो।



    आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो।

    माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए।

    आफ्ना कर्मचारीको व्यवसायिक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार