Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकले भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि​

    माछापुच्छ्रे बैंकले भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि​

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 570
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमै पहिलो पटक पीओएस मेसिनमा ‘इन्स्टन पेमेन्ट नोटिफिकेसन’ प्रविधिको शुरूवात गरेको छ ।

    यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे नेपालमै पहिलो बैंक भएको छ ।​​ नेपालभरका फिन पीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नवीनतम् प्रविधिको शुरूवात गरेको हो ।



    अब माछापुच्छ्रे बैंकका फिन पीओएस मर्चेन्टहरूले कार्ड, क्यूआर–नेपाल पे वा फोन पे, र एम–स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुने बैंकले जनाएको छ ।



    जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवं विश्वसनीयता अझ बढ्ने बैंकको अपेक्षा छ ।​​ बैंकका अनुसार यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिन पीओएस राख्ने मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुने छन् ।

    साथै अन्य कुनै मर्चेन्टलाई यो प्रविधि आवश्यक परेमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार