Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

    गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 396
    SHARES

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ ।

    आइतबार मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।



    तर उक्त प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराए ।



    आफूमाथि सडकबाट प्रश्न उठ्दा छानबिन समिति बनाएर छानबिन गरौं भन्दा नमान्ने दल पनि केन्द्रीय सत्ता गठबन्धनमै भएको उनको भनाइ थियो ।

    अहिलेको गठबन्धन पवित्र नभएको र राप्रपाले कसैलाई पनि मत नदिएर तटस्थ बस्ने तमुको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार