Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आन्दोलनमा निधन भएका नेता डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग

    आन्दोलनमा निधन भएका नेता डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 351
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

    प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् ।



    डाँगीको निधनमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको छ ।



    बर्दियाको मधुवन नगरपालिकाको राप्रपा कार्यसमितिका संस्थापक अध्यक्ष थिए । प्रदर्शनमा बल प्रयोग गरेको प्रति राप्रपाले आपत्ति जनाएको छ ।

    प्रदर्शनमा सामान्य घाइते भएकाहरू उपचारपछि फर्किएको र गम्भीर घाइते ६ जना अझै उपचाररत रहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार