Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • राप्रपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

    राप्रपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 411
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।

    प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीका फोहरा हानेको हो ।



    ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।



    राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो ।

    राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार