Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रदर्शन गर्दा फोहरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना

    प्रदर्शन गर्दा फोहरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 234
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका क्षेत्रमा फोहरमैला गरिएको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले जरिवाना गराएको छ ।

    महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ जरिवाना गराएको हो ।



    त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।



    राप्रपा पार्टी कार्यालयमा पत्र पठाउँदै महानगरले क्षतिपूर्तिको रकम महानगरको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गर्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार