Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भृकुटीमण्डपबाट सुरु भयो राप्रपाको प्रदर्शन

    भृकुटीमण्डपबाट सुरु भयो राप्रपाको प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 285
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

    व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन सुरु गरेको हो ।



    राप्रपाले गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिने चेतावनि दिएको थियो ।



    राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

    प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार