Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुद्दा दायर भएको ८ दिनमै फैसला, भ्रष्टाचारमा इन्सपेक्टर दोषी ठहर

    मुद्दा दायर भएको ८ दिनमै फैसला, भ्रष्टाचारमा इन्सपेक्टर दोषी ठहर

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 534
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीका इन्सपेक्टर प्रकाश बहादुर चन्दको शैक्षिक प्रमाणपत्र सम्बन्धि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    मुद्दा दायर भएको आठ दिनमै फैसला सुनाउँदै बिशेष अदालतले उनलाई दोषी ठहर गरी सजाय सुनाएको हो ।



    ३६ नम्बर गण डोटीमा कार्यरत चन्दविरुद्ध गत १० बैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।



    उनले उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल उत्तीर्ण गरेको भनेर नक्कली प्रमाणपत्र पेश गरी भर्ना भएका थिए ।

    उनीविरुद्ध उजुरी परेपछि आयोगले छानविन गर्दा उनले पेश गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो ।

    उनी परिचरबाट भर्ना भइ इन्सपेक्टरसम्म बढुवा भएका थिए । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले फैसला सुनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार