Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मालपोतका करोडपति पियनले पाए सफाइ

    मालपोतका करोडपति पियनले पाए सफाइ

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । मालपोत कार्यालय चाबहिलका तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेत अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् ।

    उनीसँग आठ करोड ९८ लाख ५८ हजार अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि मुद्दा दायर गरेको थियो ।



    बिशेष अदालतले उनलाई सफाइ दिने फैसला आइतबार गरेको हो । अख्तियारले उनीसँग स्रोत नखुलेको ११ लाख रुपैयाँसमेत बरामद गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।



    बस्नेत मालपोत कार्यालयका ‘डन’का रुपमा चिनिन्छन् । उनले त्यहाँको करोडौं राजश्व समेत हिनामिना गरेको अर्को मुद्दा समेत दायर गरेको छ ।

    पद पियन भएपनि मालपोत कार्यालयमा उनले सबै सेटिङ मिलाउने काम गर्दथे । पैसाकै आडमा मालपोतका हाकिम समेत आफु अनुकुल सरुवा गर्दथे । उनै बस्नेतले अकुत सम्पत्तिको मुद्दामा सफाइ पाएपछि कर्मचारीले आश्चर्य व्यक्त गरेका छन् ।

    अख्तियारले उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

    उनीहरुले पनि सफाइ पाएका छन् । भ्रष्टाचार गरेको पैसा राखेको आधारमा उनीहरुलाई पनि आयोगले जफतको प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार