Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने भन्दै २३ लाख ठगी, सोल्टीमोडबाट कार्की पक्राउ

    न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने भन्दै २३ लाख ठगी, सोल्टीमोडबाट कार्की पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 468
    SHARES

    काठमाडौं । न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की रहेका छन् । कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोल्टीमोडबाट पक्राउ गरेको हो ।



    उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।



    भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार