Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 294
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा सुधार आएको छ।

    थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।



    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।



    रामेछापको कार्यक्रममा सहभागी भएर सिन्धुलीको सुनकोसी गाउँपालिका पुगेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको थियो।

    प्रेसर र सुगरको लेवल घटेपछि सुनकोसी गाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई काठमाडौं ल्याइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार