Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 360
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

    जम्कट्टेललाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।



    सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका थिए।



    नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ । २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

    पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उनले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए ।

    त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए।

    तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार