Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बागमती प्रदेश सरकारमा एमालेबाट थपलिया मन्त्री बन्दै

    बागमती प्रदेश सरकारमा एमालेबाट थपलिया मन्त्री बन्दै

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 366
    SHARES

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।



    जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ ।



    थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको स्रोतले बतायो।

    थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ । थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन् ।

    यसअघि २६ पुस २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।

    गठबन्धनमा फेरबदल आएसँगै थपलियाले छोटो अर्थात साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार