Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बझाङ उपनिर्वाचन : एमालेलाई उछिन्दै कांग्रेसको अग्रता

    बझाङ उपनिर्वाचन : एमालेलाई उछिन्दै कांग्रेसको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 768
    SHARES

    बझाङ । बझाङमा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

    २० हजार ३३ मत गन्दा कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएका हुन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् ।



    तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।



    अहिले मष्टा गाउँपालिकाको मतगणना भइरहेको छ। अब मष्टा, तल्कोट र साइपाल गाउँपालिकाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर हुने देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार