Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मतका लागि प्रस्ताव पेश

    बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मतका लागि प्रस्ताव पेश

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 285
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मतका लागि प्रस्ताव पेश गरेका छन्।

    सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन्।



    गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो ।



    माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदैछन् ।

    तर आइतबार एकीकृत समाजवादीले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने शर्त राख्यो ।

    नभए विश्वासको मत नदिने बताएपछि शीर्ष नेताहरुले त्यसमा पनि सहमति गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार