Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

    एकीकृत समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 330
    SHARES

    काठमाडौं । सत्तारुढ दलहरुबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ।

    मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाउने सहमति भएको हो।



    एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएको थियो ।



    प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको हो । एकीकृत समाजवादी संसदीय दलको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री शालिकराम  जम्मकट्टेल दबावमा परेका थिए ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए।

    बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बताईएको छ ।

    बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार