Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बागमतीका मुख्यमन्त्रीको विश्वासको मत फेल गराइदिन प्रस्ताव आएको सभामुखको दावी

    बागमतीका मुख्यमन्त्रीको विश्वासको मत फेल गराइदिन प्रस्ताव आएको सभामुखको दावी

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 408
    SHARES

    हेटौंडा । बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत माग्ने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन आफूलाई प्रस्ताव आएको दाबी गरेका छन्।

    शनिबार चितवनमा भएको प्रदेशसभा सचिवालय र पत्रकारहरूबीचको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले यस्तो बताएका हुन् ।



    सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दवाव आएको उल्लेख गरे ।



    गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दवाव आएको तर आफू उक्त दवावबाट प्रभावित नहुने उनको भनाइ रहेको छ ।

    उनले मुख्यमन्त्रीलाई २२ चैतभित्र विश्वासको मत लिन नदिन आफूलाई बैठकमा उपस्थित नहुन प्रस्ताव आएको बताए ।

    पाठकले उक्त प्रस्तावलाई अस्वीकार गरेको बताउँदै आफूले सभामुखको भूमिका निष्पक्ष रुपमा निर्वाह गर्ने बताए ।

    आफू प्रदेशसभामा खेलाडी नभई एम्पायर भएको भन्दै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार