Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बागमती सरकारमा एमाले पनि सहभागी, थपलियाले लिए मन्त्रीको शपथ

    बागमती सरकारमा एमाले पनि सहभागी, थपलियाले लिए मन्त्रीको शपथ

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 558
    SHARES

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।



    नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराए ।



    थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि ०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए ।

    हाम्रो नेपाली पार्टीले चैत १३ गते मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो ।

    थपलिया र बज्राचार्यको मन्त्रीमा नियुक्तिपछि कांग्रेसका मन्त्रीले राजीनामा दिएका चार मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले सम्हालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार