Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बागमतीमा मन्त्रिपरिषद् पुनर्गठन, हानेपाका बज्राचार्यले खाए मन्त्रीको सपथ

    बागमतीमा मन्त्रिपरिषद् पुनर्गठन, हानेपाका बज्राचार्यले खाए मन्त्रीको सपथ

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 825
    SHARES

    हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । बागमी प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए ।



    बज्राचार्यले बिहीबार साँझ बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।



    यसअघि मन्त्री बन्न अस्वीकार गरेका बज्राचार्य पाँच बुँदे सहमतिपछि सरकारमा सहभागी भएका हुन् । हाम्रो नेपाली पार्टीले ३ दिन अघिमात्रै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

    नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टीको प्रवेश भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार