Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • केपी ओलीप्रति इंगित गर्दै माधव नेपालले भने – कोही कोहीको काम हामीलाई हेप्नेमात्रै छ !

    केपी ओलीप्रति इंगित गर्दै माधव नेपालले भने – कोही कोहीको काम हामीलाई हेप्नेमात्रै छ !

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 336
    SHARES

    हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थी प्रतिगामी शक्तिहरू सलबलाउन थालेको टिप्पणी गरेका छन्।

    हेटौंडामा पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरू संविधानविरूद्ध लागि परेको बताए।



    उनले लोकतन्त्रवादी र संविधानका पक्षधरहरु प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध हुनुपर्ने धारणा राखे।



    अध्यक्ष नेपालले भने,’कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने । हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन । संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो । हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ।’

    २०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रको एकताले प्रतिनिधिसभामा प्राप्त झण्डै दुई तिहाइको बहुमतबाट पनि मुलुकको समृद्धि सम्भव नहुनु दुखद रहेको अध्यक्ष नेपालले बताए ।

    यसो हुनुमा नेतृत्वमा अहंकार देखिनु मुख्य कारण रहेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहिले पनि आफूहरुलाई हेप्ने काम भइरहेको बताए।

    उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार