Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • जसरी पनि म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन : माधव नेपाल

    जसरी पनि म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 354
    SHARES

    काभ्रे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले पदलाई महत्व नदिएकाले अर्को गठबन्धन बन्न नपाएको बताएका छन् ।

    शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा बाोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको बताए ।



    अध्यक्ष नेपालले भने,‘यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो । दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो। हामीले पदलाई महत्व दिएनौं, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि यो देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ ।’



    तर जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भनेर नलाग्दा यो सरकारमा सहभागी भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार