Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अब कैलाली ट्राफिकको कमाण्ड इन्स्पेक्टर सारुले सम्हाल्ने !

    अब कैलाली ट्राफिकको कमाण्ड इन्स्पेक्टर सारुले सम्हाल्ने !

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 9.6K
    SHARES

    कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा प्रहरी निरीक्षक गंगा बहादुर सारु आउने भएका छन् ।

    यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो ।



    तर बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गर्दै कैलाली ट्राफिकको प्रमुखमा सारुलाई पठाएका हुन् ।



    इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा कार्यरत थिए । अब उनी केही दिनपछि कैलाली ट्राफिकको कमाण्ड सम्हाल्न आउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार