Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लापसे चेकिङमा कैलाली ट्राफिकको कडाइ, एकैदिन ६ जना सवारी चालक नियन्त्रणमा

    लापसे चेकिङमा कैलाली ट्राफिकको कडाइ, एकैदिन ६ जना सवारी चालक नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 900
    SHARES

    धनगढी । कैलालीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा आज गरिएको चेकिङमा लागूपदार्थ सेवन लापसे गरी सवारी साधन चलाउँदै गरेका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीले एकैदिन ६ जना सवारी चालक नियन्त्रमा लिएको हो ।



    जसमा सुपप्र ०२-००१ क ४९९ नम्बरको टिप्परका चालक शुक्लाफाटा नगरपालिका-५ बस्ने वर्ष ३४ का दिवाकर भुजेल, सुपप्र ०१-००१ क ३०७४ नम्बरको टिप्परका चालक डडेल्धुरा अमरगढी नगरपालिका- ४ बस्ने वर्ष ३० का रमेश भट्टराई, बा ४ ख ५८७२ नम्बरको फोर्स चालक गोदावरी नगरपालिका-८ बस्ने वर्ष ३१ का यादव बोहरा, ना ५ ख ५४४५ नम्बरको बसका चालक गोदावरी नगरपालिका-१२ बस्ने वर्ष ३६ का महादेव जोशी, सुपप्र ०१-००१ज १२६० नम्बरको विङ्गरका चालक धनगढी उपमहानगरपालिका-३ बस्ने वर्ष २५ का बिदुस राना र सुपप्र ०२-००१ ज ०४४९ नम्बरको विङ्गरका चालक वेदकोट नगरपालिका- १० बस्ने वर्ष ३१ का अर्जुन रावल रहेका छन्।



    उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार