Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने

    निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 288
    SHARES

    काठमाडौँ । निर्वाचन आयोगले विशेषज्ञ कर्मचारीले कार्यालयमै गएर स्थलगत निरीक्षण गरी राजनीतिक दलको लेखा परीक्षण गर्ने भएको छ । सो कार्यका लागि आयोगले महालेखा परीक्षकको कार्यालयसँग सहयोग मागेको छ ।

    लेखा परीक्षण प्रतिवेदन नबुझाउने, समयपछि बुझाउने दलसँग आयोगले २०८१ वैशाख ९ गते नै स्पष्टीकरण माग गर्नुका साथै दलको लेखा परीक्षण जाँचबुझ गर्ने निर्णय गरेको थियो ।



    आयोगले लेखा परीक्षण जाँचबुझ गर्न विशेषज्ञ कर्मचारी पठाउन महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरेको हो । आयोगले सो कार्यका लागि पाँच जना विशेषज्ञ कर्मचारी माग गरेको छ ।



    विशेषज्ञ टोलीले राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन जाँचबुझ गर्ने छन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार