Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 264
    SHARES

    फाइल तस्बिर

    तनहुँ । जिल्ला कारागारमा ३२३ कैदीबन्दी छन् । दैनिकरूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

    कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल १६८ कैदी र १५५ थुनुवा गरी ३२३ जना कारागारमा छन् ।



    कारागारमा महिलातर्फ २० र पुरुषतर्फ ११४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ ।



    कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार