Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कैदीबन्दीले पाउने दैनिक भत्ता र दसैं खर्च बढ्दै

    कैदीबन्दीले पाउने दैनिक भत्ता र दसैं खर्च बढ्दै

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 906
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । कैदीबन्दीको नगद भत्ता नगद सिदा वृद्धि हुने भएको छ ।

    कैदीबन्दीले पाउने दैनिक भत्ता र दसैं खर्चबापतको रकम वृद्धि गर्न गृह मन्त्रालयले कारागार नियमावली– २०२० संशोधन प्रक्रिया अघि बढाएको हो ।



    गृह मन्त्रालयका अनुसार साउनबाटै बढेको भत्ता पाउने गरी नियमावली संशोधन गर्न लागिएको छ । हाल कैदीबन्दीले दैनिक पाउँदै आएको नगद भत्ता रकम ६० रुपैयाँबाट बढाएर ८० प्रस्ताव गरिएको छ ।



    चाडपर्व खर्चबापत प्रत्येक वर्ष कैदीबन्दीले एकमुष्ट ३ सय रुपैयाँ पाउँदै आएकामा अब १ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । कारागार व्यवस्थापन विभागले दैनिक भत्ताबापत शतप्रतिशत अर्थात् १ सय २० रुपैयाँ र चाडपर्व खर्चबापत एक वर्षमा एकमुष्ट ५ हजार रुपैयाँ दिन विभागले प्रस्ताव गरेको थियो ।

    तर, विभागको प्रस्ताव संशोधन गर्दै पर्व खर्च १ हजार र दैनिक भत्ता ८० कायम गर्ने गरी अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार