Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिराहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    सिराहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 339
    SHARES

    सिराहा । सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन गुणा धेरै कैदीबन्दी राखिएको पाइएको छ ।

    सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र ४८० जना पुरुष कैदी थुनुवा गरी कुल ५०८ जना राखिएका छन् ।



    उनका अनुसार कारागारमा २५१ पुरुष र १५ महिला कैदी तथा २२९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् ।



    विसं २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र १३५ पुरुष गरी कुल १५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनासो गरेका छन् ।

    क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानीलगायतका समस्या रहेको पनि उनीहरूले गुनासो गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार