Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेतृत्वको आलोचना गरेरमात्र पार्टी सुदृढीकरण हुँदैन : मुख्यमन्त्री जम्कट्टेल

    नेतृत्वको आलोचना गरेरमात्र पार्टी सुदृढीकरण हुँदैन : मुख्यमन्त्री जम्कट्टेल

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य शालिकराम जम्कट्टेलले पार्टीका कार्यकर्ताहरु अहिले आत्तिने र निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जम्कट्टेलले यस्तो बताएका हुन् ।



    मुख्यमन्त्री जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताए। बैठकमा आफ्नो धारणा राख्दै जम्कट्टेलले भने, ‘अहिले नेतृत्वको आलोचना गर्ने बेला होइन, नेतृत्व र पार्टी बलियो बनाउने बेला हो ।’



    पार्टी नेतृत्वको आलोचना गरेरमात्र पार्टी सुदृढीकरण नहुने उनको धारणा छ । यसका लागि सबैले आफ्नो अनुहार ऐनामा देखाउन आवश्यक रहेको उनले बताए ।

    यो बेलामा निराश नभई पार्टी बनाउने काममा सक्रिय हुनुपर्ने उनले बताए । बैठकमा आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्नेमा उनले जोड दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार