Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा भन्छन् – देशमा ठूलो सुरक्षा चुनौती छैन

    प्रधानसेनापति शर्मा भन्छन् – देशमा ठूलो सुरक्षा चुनौती छैन

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 684
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको टिप्पणी गरेका छन् ।

    राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौती देखिएको बताए ।



    तर, समाधान नै गर्न नसकिने प्रकारका कुनै चुनौती नरहेको उनले स्पष्ट पारे ।

    उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानका आधारमा केही घटना हुने गरेको उल्लेख गरे ।

    ती समस्यालाई स्थानीयस्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार