Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानसेनापतिले गरे अभ्यास शान्ति प्रयास–४ को अवलोकन

    प्रधानसेनापतिले गरे अभ्यास शान्ति प्रयास–४ को अवलोकन

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 708
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को अवलोकन गरेका छन् ।

    सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गरे ।



    अमेरिकी ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग तथा नेपाली र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ गतेदेखि सुरु अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ सैनिक सहभागी छन् ।



    अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार