Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रक्सौलबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

    रक्सौलबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 660
    SHARES

    वीरगन्ज । प्रहरीले रक्सौल नाकाको मितेरी पुलबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

    भारतीय सीमा सुरक्षा बलले मितेरी पुलबाट सोमबार नवलपरासीको रजहरका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो।



    उनको साथबाट मेड इन युएसए लेखिएको ९ एममको पेस्तोल १ थान र मेड इन जर्मनी लेखिएको ९ एमएमकै पेस्तोल १ थान तथा १ थान म्याग्जिन बरामद गरिएको छ।



    दुई थान अटोमेटिक पेस्तोल र एक थान म्याग्जिनसहित महर्जनलाई पक्राउ गरिए पनि उनको साथमा रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार रहेका छन् ।

    सूचनाका आधारमा सोमबार मितेरी पुलमा खटिएको एसएसबीले दुई जना नेपाली शंकास्पद अवस्थामा हिँड्दै रक्सौलतर्फ जाँदै गरेको अवस्थामा रोकेर जाँच गर्न खोज्दा महर्जन र ठकुरी डंकन हस्पिटल रोड तर्फ भागेका थिए।

    त्यसक्रममा उनीहरुले आफूसँग रहेको हतियार सडक छेउको झाडीमा फालेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार