Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • असईको हातबाट पड्कियो पेस्तोल, इञ्चार्ज निलम्बनमा !

    असईको हातबाट पड्कियो पेस्तोल, इञ्चार्ज निलम्बनमा !

    प्रहरी जवान घाइते

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 3.6K
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा हतियार चेकजाँच गर्दा असईको हातबाट पेस्तोल पड्किएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा असई मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।



    बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको थियो ।



    एक प्रहरी जवानलाई चोट लागेको छ । बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो । उनको खुट्टामा चोट लागेको छ ।

    अहिले असई रावललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ । बझाङमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार