Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लाहानबाट पेस्तोलसहित तीनजना पक्राउ

    लाहानबाट पेस्तोलसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 969
    SHARES

    काठमाडौं । सिरहाको लहानबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय जिबानन्द चौधरी र सप्तरी जिल्लाकै खडक नगरपालिका(४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन् ।



    हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लहान नगरपालिका-१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।



    यसैगरी उनीहरु सवार स ९ प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ।

    पक्राउ परेका उनीहरु उनीहरु विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार