Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पेस्तोल काण्डमा पोखराका वडाअध्यक्ष मुछिए

    पेस्तोल काण्डमा पोखराका वडाअध्यक्ष मुछिए

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । एक साताअघि पेस्तोलसहित पक्राउ परेका ठेकदारमाथिको अनुसन्धानमा पोखराका एक वडाअध्यक्ष समेत तानिएका छन् ।

    पोखरा वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापा छानविनमा तानिएका हुन् । गत ६ बैशाखमा प्रहरी वृत्त बौद्धले ठेकदार मिमसिंह लामालाई पक्राउ गरेको थियो ।



    चार राउन्ड गोलीसहितको सेमि अटोमेटिक पेस्तोलसहित नयाँबस्तीबाट उनी पक्राउ परेका थिए । उनको १. बा १८ च ८३६१ नं. को सिल्भर कलरको स्कारपियो गाडीमा पेस्तोल भेटिएको थियो ।



    बयानको क्रममा लामाले पोखराका वडाअध्यक्ष थापा, पोखराका आदर्श लामा लगायतले आफुलाई पेस्तोल राखेर फसाएको दाबी गरेका छन् ।

    ठेकेदार लामाले लेखनाथ–बेगनास सडकखण्डको ठेक्का लिएका छन् । सो ठेक्का समयमा सम्पन्न गर्न सकेका छैनन् ।

    सोही कारण उनको स्थानीय वडाअध्यक्षहरुसँग विवाद भएको थियो । सोही विषय अहिले पेस्तोल काण्डमा जोडिएको छ । वडाअध्यक्षले आफु अनुकुल सहयोग नगरेपछि फसाउनलाई बयानमा उनीहरुको नाम लिएको समेत आशंका गरिएको छ ।

    वडाअध्यक्ष लगायतमाथि छानविन नगर्न प्रहरीमाथि दबाब परेको छ । सी ग्रेडको कम्पनी भएका ठेकदार लामाले डेढ अर्बको ठेक्का हात पारेका थिए ।

    उनीसँग सो सडक बनाउने क्षमता नै थिएन । जसकारण काम गर्न सकेका छैनन् । आर्थिक रुपमा टाट पल्टिएपछि ठेकदार लामाविरुद्ध चेक बाउन्समा समेत उजुरी परेका छन् ।

    यही बेला उनी पेस्तोलसहित पक्राउ परेका हुन् । जसकारण घटना रहस्यमय बनेको छ ।

    यसैबीच, मिमसिंह लामाका भाई मन्जित लामाले अनलाइन नेपालसँग कुरा गर्दै मिमसिंहले प्रहरीसमक्ष वडाध्यक्ष थापा र आदर्श लामाले फसाएको बयान नदिएको बताएका छन् ।

    लेखनाथ–बेगनास सडकखण्ड निर्माण कार्य समयमा सम्पन्न गर्न सकेको छैन भन्ने समाचारमा सत्यता नभएको भन्दै उनले निर्माण कार्य नरोकिएको पनि बताए ।

    वडाध्यक्षसँग विवाद नभएको तथा आफू अनुकुल सहयोग नगरेको हुुनाले बयानमा उनीहरुले फसाएको आशंका गरेको भन्ने समाचार पनि गलत रहेको उनको दावी छ ।

    त्यस्तै चेक बाउन्समा उजुरी परेको र आर्थिक रुपमा टाट पल्टिएको जस्ता कुराहरुमा पनि सत्यता नरहेको भन्दै उनले समाचारको खण्डन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार