Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

    जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1K
    SHARES

    धनुषा । जनकपुरमा पेस्तोलसहित एक किशोरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।



    उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पौने ८ बजे पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।



    यस्तै उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार