Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाराबाट दुईवटा पेस्तोलसहित पाँचजना पक्राउ

    बाराबाट दुईवटा पेस्तोलसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 591
    SHARES

    बारा । बारामा दुई वटा पेस्तोलसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीले बिहीबार सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट पेस्तोल र गोलीसहित पाँच जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रूपलाल पटेल, उनका छोरा उपेन्द्र, धिरेन्द्र पटेल, रौतहट बौधीमाई नगरपालिका-२ घर भएका राजमंगल पटेल र शोभा राउत छन् ।



    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार रूपलाल पटेलको घरबाट खानतलासी गरी पेस्तोल र १० राउन्ड गोली बरामद गरिएको हो ।



    पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार