Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ ।

    ४ वर्षका लागि गठन भएको समितिको म्याद वैशाख २६ गते सकिन लागेकाले आजको बैठक सोही विषयलाई सम्बोधन गर्नका लागि बसेको शर्माको भनाइ छ ।

    यसका लागि नयाँ कानुन नबनिसकेकाले हालका लागि समितिको म्याद एक वर्ष थप गर्ने भन्ने निर्णय भएको शर्माले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार