Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

    यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 606
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो।



    त्यस्तै सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ।



    आज बसेको मन्त्रिपरिषद् बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ।

    यस्तै अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार