Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, दुई घाइते

    दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 651
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    जिल्लाको बेलौरी नगरपालिका ५ स्थित दोदा नदीमा डुबेर बेलौरी ४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरु शनिबार दिउँसो पौडी खेल्न नदीमा पसेका थिए । सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् ।



    उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार