Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डेरामा बस्नेको ल्यापट, मोबाइल र सुन चोरेको आरोपमा दुईजना समातिए

    डेरामा बस्नेको ल्यापट, मोबाइल र सुन चोरेको आरोपमा दुईजना समातिए

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 1.5K
    SHARES

    काठमाडौँ । काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–२० बस्ने ३७ वर्षीय जोन खड्गी र काठमाडौँ महानगरपालिका–३० मैतीदेवी बस्ने ३४ वर्षीय सञ्जय खड्गी पक्राउ परेका हुन् ।



    गत वैशाख १६ गते दिउँसो ताहाचलस्थित सविना खड्काको डेराबाट ल्याप्टप, मोबाइल फोन र २ तोला सुनसहित गरगहना चोरी भएको थियो ।



    उक्त घटनाको अनुसन्धानको क्रममा जोन र सञ्जयले चोरी गरेको खुलेको थियो । उनीहरूलाई शनिबार साँझ धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार