Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद

    पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 288
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले नेसनल पेमेन्ट गेटवे सिस्टमका सामानहरू खरिदमा भ्रष्टाचार ठहर भएका पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको हो।



    उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।



    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी र वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार