Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेशनल पेमेन्ट गेटवे प्रकरण

    साधारण तारेखमा छुटे सचिव मधु मरासिनी

    साधारण तारेखमा छुटे सचिव मधु मरासिनी

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 714
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी साधारण तारेखमा रिहा भएका छन् । न्यायाधीशत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई साधारण तारेखमा राख्न आादेश दिएको हो ।

    उनीमाथि नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । आज आइतबार उनलाई अदालतमा उपस्थित गराइएको थियो । विशेष अदालतले उनलाई साधारण तारेखमा छाडेको छ ।



    यस मुद्दामा मरासिनीसहित निमबहादुर ओली, रामबहादुर बुढा, सफल श्रेष्ठ, सञ्जय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामशरण गायक र सुनील पौडेल प्रतिवादी छन् ।



    उनीहरूले भ्रष्टाचार गरी नेपाल सरकारलाई २३ करोड रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १५ असोजमा विशेषमा मुद्दा चलाएको थियो।

    सचिव मरासिनी यसअघि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार