Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस

    गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 267
    SHARES

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ ।

    मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।



    मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा प्रदेश सभाको बुहमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको घोषणा भएपछि कांग्रेस सर्वोच्च अदालतमा पुगेको हो ।



    कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले अब ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् ।

    ६० सदस्यीय प्रदेश सभामा ३० मत अधिकारीले पाएका थिए ।  बुहमत पुग्नका लागि ३१ मत हुनुपर्ने कांग्रेसको तर्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार