Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गण्डकी प्रदेश : मुख्यमन्त्री र नेताका दिवंगत आफन्तको नाममा करोडौं बजेट

    गण्डकी प्रदेश : मुख्यमन्त्री र नेताका दिवंगत आफन्तको नाममा करोडौं बजेट

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 822
    SHARES

    पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको पाइएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् ।



    मुख्यमन्त्री पोखरेलले दिवंगत बाबु गोवद्र्धन शर्माको नाममा स्मृति पार्क बनाउन ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।



    यो रकमबाट प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँको व्यास नगरपालिकामा पार्क बनाउनेछ ।

    प्रदेशका सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठको मातापिता पुननारायण, धनकुमारी श्रेष्ठको नाममा रहेको ट्रस्टका लागि प्रदेश सरकारले दुई फरक शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    त्यस्तै, कांग्रेसका गण्डकी प्रदेश सभापति अर्जुनप्रसाद जोशीको पिताको नाममा पनि बजेट विनियोजन भएको छ । उनका स्वर्गीय बुवा अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ विनियोजन भएको छ । उक्त पार्क पर्वतको कुश्मा नगरपालिकामा बन्ने छ ।

    पर्वतमै स्मृति प्रतिष्ठान गठन गरी कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा पनि बजेट विनियोजन भएको छ । उक्त प्रतिष्ठानका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । लामिछाने कुश्माकी निवर्तमान उपमेयर सीताकुमारी काफ्लेका श्रीमान हुन् । उक्त बजेटको कार्यान्वयन भौतिक विकास मन्त्रालयले गर्नेछ ।

    यस्तै, मुख्यमन्त्री पोखरेलकै बाबुको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्ने भन्दै १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार