Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारलाई तीन खर्ब ९७ अर्ब बजेट घाटा

    सरकारलाई तीन खर्ब ९७ अर्ब बजेट घाटा

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 543
    SHARES

    काठमाडौं । सरकारलाई गएको आर्थिक वर्षमा करिब ४ खर्ब रुपैयाँ बजेट घाटा भएको छ । लक्ष्यअनुसारको राजस्व संकलन र वैदेशिक सहयोग प्राप्त नहुँदा आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बजेट घाटा भएको हो ।

    दुईपटक बजेट संशोधन गर्दा पनि सरकारले लक्ष्य भेट्टाउन असफल भएको छ । गएको आर्थिक वर्षका निम्ति सरकारले १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।



    त्यसलाई सरकारले दोस्रोपटक बजेट संशोधन गर्दै करिब १६ प्रतिशत कम अर्थात् १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो ।



    तर, उक्त लक्ष्यभन्दा ७५ अर्ब ४२ करोड रुपैयाँ कम खर्च लक्ष्य राखेको थियो । आर्थिक वर्षको अन्त्यसम्म विनियोजित बजेटको ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बजेट खर्च भएको छ ।

    कम खर्च गर्ने लक्ष्य राख्दा पनि सरकारलाई ठूलो बजेट घाटा भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार